मकवाननपुर/ बागमती प्रदेश सभाकाे आइतबार बसेको प्रदेश सभा बैठकमा वर्तमान समयमा जारी प्राकृतिक विपत्ति तथा कोरोना महामारीको सवालमा जानकारी गराइएको छ ।
कोरोना महामारी विरुद्ध तीनै तहको सरकारले समन्वयमा नियन्त्रण रोकथाम र उपचारको लागि आवश्यक पहल कदमी लिएको मुख्यमन्त्री डाेरमणि पौडेलले बताएका हुन्। यस प्रदेशमा २६ असारसम्म २० लाख ७० हजार ५ सय ८५ पीसीआर परीक्षण गरिएकोमा ३ लाख ५१ हजार ३ सय ६ जना अर्थात् २२ प्रतिशतमा संक्रमण भेटिएको मुख्यमन्त्री पौडेलले संसदलाई जानकारी गराए । जसमध्ये ८ हजार ४२ जना हाल उपचाररत रहेका र ३ हजार ९ सय ८ जनाको मृत्यु भएको छ ।
२६ असारसम्म १ लाख ७० हजार १ सय ८२ जना लक्ष्यित समूह (६०–६४ उमेर समूह) र पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहेका १ ला ६५ हजार २ सय ४३ जनाले भेरोसेलको खोप लगाएको छन् ।
यस्तै थप ४ लाख १६ हजार २ सय ८५ जनाले भेरोसेलको पहिलो डोल १ लाख ७१ हजार २ सय ७ जनाले दोस्रो डोज लगाइसकेको बताइएको छ । प्रदेशमा कुल ३ लाख ९६ हजार ४ सय ३९ जनालो कोभिडसिल्ड पहलिो , १ लाख २६ हजार १ सय ३३ जनाले कोभिडसिल्डको दोस्रो डोज लगाइरहेको जानकारी पौडेलले संसदलाई जानकारी गराएका थिए ।
यसैगरी वर्षाको कारण प्रदेशमा सिन्धुपाल्चोक रसुवा र चितवनमा बाढी पहिरोको कारण भएको क्षतिमा राहत प्रदान गर्न सम्बन्धित जिल्लाका विपद व्यवस्थापन समितिको सिफरिसमा प्रदेश सरकारले उद्वार र राहतको कार्यक्रम ल्याएको मुख्यमन्त्री पौडेलले बताए । हरेक वर्षायामा हुने प्रकृतिक विपत्ति न्यूनिकरण मानवीय र भौतिक क्षति रोक्न दीर्घकालिन सोच र योजनाको खाँचो भएकोले लागि प्रदेश सरकारले आवश्यक नीति तथा योजना तर्जुमा गरेको मुख्यमन्त्री पौडेलले बताए ।