- शम्भुप्रसाद भट्टराई
नजाने कसोरी भयो रात मीठो
व्यथा चोटका खातका खात मीठो ।
सजिलै जवानी कतै सुम्पिएर भन्यौ
कालको हालको लात मीठो ।
मजाले भिजेका परेली लुकाई
तिमी भन्दछौ रातको बात मीठो ।
सधैं भावनामा कडा ठेस पुग्दा
अझै भन्दछौ चोट निर्घात मीठो ।
न भन्छौ खुलेरै न ता छोप्न सक्छौ
दिएका पिडाको भन्यौ मात मीठो ।
(बहर-मुतकारिव मुसम्मन सालिम)
बिराटनगर, माेरङ