मकवानपुर । मकवानपुरमा असार २७ गते आईतबारबाट सार्वजनिक यातायात संचालन हुने भएकाे छ । काेराेना संक्रमणकाे जाेखिमका कारण गत बैशाखबाट सार्वजनिक यातायात संचालन बन्द भएकाे थियाे ।
विहीबारकाे जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले सार्वजनिक सवारी साधन संचालन गर्नदिन आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारी समक्ष सिफारिस गरेकाे हाे । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रकाे सिफारिस बमाेजिम प्रमुख जिल्ला अधिकारीले विहीबार नै थप आदेश जारी गर्दै असार २७ गते आईतबारबाट सार्वजनिक सवारी संचालन गर्न अनुमति दिएको हाे ।
२ महिना देखि यातायात बन्द हुँदा यातायात ब्यवसायी मारमा परेका थिए । यसअघि प्रशसनले निजि सवारी संचालन गर्न अनुमति दिएसंगै यातायात ब्यवसायीहरुले स्वाथ्य मापदण्ड पालना गर्दै यातायात सञ्चालनको माग गर्दै आएका थिए ।
प्रमुख जिल्ला अधिकारीबाट जारी थप आदेश बमाेजिम सार्वजनिक सवारी साधन पूर्ण रूपमा स्वास्थ्य सुरक्षााका मापदण्ड पालन गर्दै विहान ६ बजेदेखि वेलुका ६ बजेसम्म मात्र संचालन हुने भएकाे हाे । साथै मयुरी, अटो, ट्याम्पो, म्याजिक गते अनुसार जोर बिजोर प्रणालीका आधारमा मात्र सचालन गर्ने पाइने भएकाे छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रकाे निर्णय

प्रमुख जिल्ला अधिकारीबाट जारी थप आदेश
