मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही असार २६ गते बस्ने भएकाे छ । यस अघी अर्काे सूचना नभएसम्म स्थगित गरिएकाे बैठक असार २६ गते दिउँसाे ३ बजे बस्ने भएको प्रदेशसभा सचिवालयले जानकारी दिएकाे हाे ।
गत असार २१ गते अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित भएको थियाे । प्रतिपक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले असार २१ गतेको बैठक अवरुद्ध गरेपछि ३ मिनेट बैठक बसेर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका थिए ।