मकवानपुर । नेपाल आयल निगमले पेट्रोल डिजेल र मट्टितेलको मूल्य बढाएको छ। मगलबार राति १२ बजेदेखि बढेको मूल्य लागू हुने निगमले जनाएकाे छ । यस अघी निगमले २ हप्ता पहिले मूल्य बढाएकाे थियाे ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको निगमले जनाएको छ। अब काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय २९, डिजेल तथा मट्टितेलको प्रतिलिटर १ सय १२ रुपैयाँ कायम भएको छ।
यसअघि असार ९ गते निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। भारतबाट आउने मूल्य नै बढेकाले समायोजन गरिएको निगमले जनाएको छ ।
