मकवानपुर । हेटाैडाअस्पतालबाट प्रदान गरिदै आएका अन्य सेवा बन्द गरेर कोरोना भाइरसका संक्रमितको उपचारका गरिदै आएकाेमा अब अन्य सबै सेवा सुरु हुने भएकाे छ । कोभिड अस्पताल बनाइए पछी विगत २ महिनाबाट बन्द रहेका सम्पूर्ण सेवा असार २४ गते विहीबारबाट सुचारु गर्न लागिएको हेटौंडा अस्पतालले सूचना निकाले जानकारी दिएको छ ।
अस्पतालले तत्काल जनरल आइसीयू सेवा बाहेकका अन्य सेवा सूरु गर्न लागेको हो । अझैपनि कोरोना संक्रमितको उपचारको लागि आइसीयू सेवा प्रयोगमा आइरहेकोले अन्यका हकमा आइसीयू सेवा तत्काल उपलब्ध नहुने अस्पतालले जनाएको छ ।
