मकवानपुर । मकवानपुर प्रहरीले हेटाैडाकाे २ छुट्टाछुट्टै ठाँउबाट लागुऔषध नाईट्रोभेटसहित ६ जना प्रकाउ गरेकाे छ । आइतवार र साेमबार हेटाैडा १५ र हेटाैडा ४ स्थित पूर्व पश्चिम राजमार्गबाट उनीहरू पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।
आइतवार राती साढे ९ बजे हेटौंडा १५ पिपल चौतरा स्थित पुर्व पश्चिम सडक खण्डमा बाराबाट हेटौडा तर्फ आउदै गरेको बा ९५ प ७९३२ नम्बरको मोटरसाइकलमा लागुऔषध नाइट्रोभेट बोकेका २ जनालाई प्रकाउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा खटीएको चेकिङ् टोलिले चेकजाँच गर्दा मोटरसाइकल चालक चितवन कालिका नगरपालिका १ जुटपानीका २३ वर्षका रविन बिकले झोलामा लुकाई छिपाई ल्याएको नाईट्रोभेट ट्याबलेट १४९६ पिस फेला परेको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।
मोटरसाइकलको पछाडी सवार कालिका नगरपालिका ७ बस्ने बर्ष २२ को अर्जुन श्रेष्ठलाई समेत प्रकाउ गरि उक्त मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जानकारी दिएको हो ।
यसैगरी सोमबार बिहान साढे ९ बजे लागु औषधको कारोवार भईरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषधको कारोवार गरिरहेका ४ जनालाई प्रकाउ गरेको छ ।
हेटौंडा ४ स्थित पूर्व पश्चिम राजमार्ग सडक खण्डमा लागुऔषधको कारोवार गरिरहेका हेटौंडा १० का २३ बर्षका विवेक न्यौपाने, हेटाैडा ५ का १९ बर्षका एडी चौधरी, काभ्रेपलाञ्चाेक नमोबुद्ध नगरपालिका घर भई हेटौंडा ४ बस्ने २० बर्षका सुरज लामा र सिन्धुली मरिन गाउँपालिका घर भई हेटौंडा १५ बस्ने २३ बर्षका बिशाल कुमार वाईवालाई प्रहरीले प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उनीहरुको साथबाट लागुऔषध नाईट्रोभेट १ सय ५० ट्याब्लेट फेला परेको हो । उनीहरुलाई लागु औषध नाईट्रोभेट सहित पक्राउ गरी थप अनुसन्धान भईरहको मकवानपुर प्रहरीले जनाएकाे छ ।
२ फरार प्रतिवादी पक्राउ
मकवानपुरबाट २ फरार प्रतिवादी पक्राउ परेका छन् । ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद सजाय तोकीएका हेटौंडा १२ वस्ने मिथुन तितुङलाई मकवानपुर प्रहरीले हेटौंडा २ बाट पक्राउ गरी आवश्यक कारवाहिको लागी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराई कैद भुक्तानको लागि भिमफेदी कारागार पठाउने कार्य भईरहेको मकवानपुर प्रहरीले जनाएकाे हाे ।
उनलाई मकवानपुर जिल्ला अदालत हेटौडाको २०७७ साल माघ २८ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ५ बर्ष कैद सजाय तोकिएको थियो ।
यस्तै मकवानपुर जिल्ला अदालत हेटौडाको फैसलाले सवारी ज्यान मुद्दामा ९ दिन कैद र रु २ हजार जरिवाना तोकीएका फरार प्रतिवादी हेटौंडा ९ बाट प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । प्रकाउ पर्नेमा हेटौंडा ९ बस्ने बर्ष ४७ को कमल पराजुली रहेका छन्
उनलाई आवस्यक कारवाहिको लागी जिल्ला अदालत मकवानपुरमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।