युरोकप फुटबलको सेमिफाइनल चरणमा इङल्याण्ड, इटली, स्पेन र डेनमार्क पुगेका छन् । याे सँगै युराेकपकाे सेमिफाइनल समीकरण पूरा भएको हाे । गए राति इङ्ल्याण्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
गए राति भएको खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इङल्याण्ड सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ । चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो ।
सेमिफाइनलमा इटली र स्पेन बुधवार राति पौने १ बजे भिड्ने छन् भने डेनमार्कले इङल्याण्डसँग बिहीवार राति पौने १ बजे प्रतिस्पर्धा गर्ने छ । युरोपका विभिन्न ११ शहरमा १६ औं संस्करणको युरोकप फुटबल भइरहेको छ ।