मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना कोरोना संक्रमित निको भएका छन्। याे समेत हालसम्म काेराेना निको हुनेको संख्या ६ लाख ६६ हजार ६ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
यस्तै, साेही अवधीमा २ हजार ३ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । १० हजार १ सय ३३ जनाको परीक्षण हुँदा २ हजार ३ सय २८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। याे सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५सय ८० जना पुगेको छ।
यसैगरी गत २४ घण्टामा १९ जनाको मृत्यु भएको छ । याे सँगै मृतकको कुल संख्या ९ हजार १ सय ९८ पुगेको छ।
मकवापुरमा थप ९७ जनामा कोरोना संक्रमण निकाे
पछिल्लो २४ घण्टामा मकवानपुर जिल्लामा थप ९७ जना काेराेना संक्रमण निकाे भएका छन् । याेसँगै जिल्लामा १० हजार २ सय १३ जना काेराेना संक्रमण निकाे भएकाे स्वास्थ्य कार्यलयले जनाएको छ ।
यसैगरी मकवानपुरमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८४ जनामा गरिएको पीसीआर परीक्षणबाट ४१ जना र २ सय २५ जनमा गरिएको एन्टीजेन परीक्षणमा १५ जनामा गरी थप ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । याेसँगै जिल्लामा हालसम्म ११ हजार २ सय ३५ जनामा कोरोना पुष्टि भएका छन् ।
मकवानपुर जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा कोरोनाको कारण कसैको पनि मृत्यु भएकाे छैन । जिल्लामा हाल ७ सय ६४ जना संक्रमित घरमा र ८४ जना संक्रमित संस्थागत आइसोलेसनमा उपचाररत रहेकाे स्वास्थय कार्यलयले जनाएकाे छ ।