- रमेश पाैडेल
१.
श्रमको सम्मान गर्ने, चलन चलाउनु छ
यही बेला मुठी रोपेर, मुरी फलाउनु छ
कुरा काट्नेलाई, भाषण छाँट्नेलाई
देखाएर काम, ठाउँको ठाउँ ढलाउनु छ ।
२.
सिसाको घरमा बस्नेले ढुङ्गो हानेर गए
बाठा थिए र त, लाटो बुङ्गो ठानेर गए
जानेहरू गए आाफु खुशी गन्तव्य भेट्न-
बर्षाएपछि ढुँगा आफैँ हलुङ्गो मानेर गए ।
३.
जिन्दगीलाई जिन्दगीजस्तो बनाउन सके पो जिन्दगी
मपाई हैन हजुर ! तपाई भनाउन सके पो जिन्दगी
जेलिएका यावत जिजीबिषाहरू सुल्झाउँदै, फुकाउँदै
हरेक दिनहरू उत्सवकै मनाउन सके पो जिन्दगी ।
४.
म एउटा यस्तो सवाल उठाउन चाहन्छु
तराईमा पनि अग्लो हिमाल उठाउन चाहन्छु
सक्तिनँ म हेर्न नेपाल आमा धुरुधुरु रोएको-
मेची – काली सिङ्गै नेपाल उठाउन चाहन्छु ।
५.
नखोजेका खुशीहरू बतास बनेर आउँछन्
आँधी अनि तुफानझैँ हतास बनेर आउँछन्
आउँछन् दुनिया, नदी किनारमा बसे पछि –
बगर छेउको बगरमा कपास बनेर आउँछन् ।