मकवानपुर । एमाले मकवानपुर नेता खेमराज सापकोटासहित ७ जना कांग्रेस प्रवेश गरेका छन् ।
सापकाेटा सहित एमाले जिल्ला सदस्य कृष्णप्रसाद ढुंगाना, रामजी घिमिरे, गाउँ कमिटी सदस्य देवराज सापकोटा, युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी, जिल्ला सचिवालय सदस्य रामचन्द्र रेग्मी र एमाले संगठित सदस्य तिर्थराज हुमागाई शुक्रबार कांग्रेस प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा उनीहरूलाई नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले पार्टीको सदस्यता प्रदान गरेका थिए । कार्यक्रममा नगरसभापति आनन्दराम पराजुली, हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, नेताहरू उत्सव इटेनी, विष्णु खनाल लगायतको उपस्थिति रहेको थियो ।