मकवानपुर । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणकाे लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेकाे छ । संस्थाले आज असार १७ गते देखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हाे।
लघुवित्तकाे जारी पूँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेकोमा जारी पुँजीकाे ३२.११ प्रतिशतले हुन आउने ३ करोड ८९ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १ सय अंकित मूल्यमा आईपीओ निष्काशन गरेको हो। यसमध्ये लघुवित्तले ६ हजार ५८ कित्ता शेयर कर्मचारीहरुका लागि र १९ हजार ४ सय ५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी ३ लाख ६३ हजार ४ सय ९२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार २१ गते हुनेछ भने ढिलोमा असार ३१ गते हुनेछ।
आईपीओमा कसरी दिने आवेदन
लघुवित्तको आईपीओमा प्रतिशेयर १ सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्ता बराबरको एक लाख रुपैयाँ सम्मको लागि आवेदन दिन सकिनेछ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।
लघुवित्तको आईपीओमा असार १७ गते देखि असार २१ गतेसम्ममा आवेदन दिन सकिनेछ । त्यस अवधिसम्ममा माग अनुसार आवेदन नपरे असार ३१ गतेसम्म म्याद थप हुनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता मुक्तिनाथ क्यापिटल रहेको छ ।