मकवानपुर । हेटौंडामा करेन्ट लागेर १ जनाको ज्यान गएको छ । हेटाैडा १३ चुच्चेपानीका ३५ वर्षीय राजकुमार माेक्तानले मिटर बक्स सफा गर्न खाेल्दा करेन्ट लागेर मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
आज दिउँसो ३ बजे आफ्नै घरको मिटर बक्स सफा गर्न खोल्ने क्रममा करेन्ट लागेर गम्भिर घाईते भएका मोक्तानको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।