मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ५५ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरु देशभरका संस्थागत आइसाेलेसन, हाेम आइसाेलेसन तथा विभिन्न अस्पतालबाट निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
यस्तै, साेही अवधीमा थप २ हजार ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ५ सय ८६ जनाको पीसीआर परीक्षणबाट १ हजार ७ सय २१ र ४ हजार ७ सय ६५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७ सय ५५ जना गरी २ हजार ४ सय ७६ जना कोरोना संक्रमित थपिएका हुन्। यसैगरि पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मकवानपुरमा थप ८१ जना काराेना निकाे
मकवानपुर जिल्लामा पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमण निकाे भएका छन् । याे समेत जिल्लामा हालसम्म ९ हजार ५ सय ४६ जना काेराेना निकाे भएका हुन् ।
यसैगरि मकवानपुरमा थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय १३ जनामा गरिएको परीक्षणमा थप ८९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पु्ष्टि हुनेको संखया १० हजार ७ सय ६२ पुगेको छ ।
जिल्लामा शुक्रबार कोरोनाको कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया ४ का ८८ वर्षीय पुरुष रहेका छन् । उनको उपचारको क्रममा आज बिहान हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय २४ जना पुगेको छ ।
जिल्लामा हाल १ हजार ७२ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ९ सय ७७ जना आफ्नै घरमा र ९५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।