राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छिन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभाको बैठक असार १७ गते अपराह्न ४ बजेका लागि बोलाइएको छ।
राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदकाे सिफारिसमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रियभाको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
