मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि कुल ५४ करोड ७३ लाख २० हजार रुपैयाँ बजेट गाउँसभामा प्रस्तुत गरेको छ ।
गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङले गाउँपालिकाको दशाैं गाउँसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै बजेट पेश गरेकी हुन् । गाउँपालिकाले आगामी आर्थिक वर्षकाे लागि चालूतर्फ २८ करोड ८४ लाख रुपैयाँ र पूँजीगत २५ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ ।