मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्रमा रहकाे बकैया गाउँपालिकाले आगामी आथिक वर्ष २०७८/७९ को लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँको बजेट ल्याएको छ ।
विहीवार गाउँपालिकाको सातौ गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले नीति,कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०७८/७९ को लागि ६२ करोड ८३ लाख ७८ हजार ७ सय १८ रुपैयाँ ९६ पैसा को बजेट प्रस्तुत गरेकी हुन् ।
उपाध्यक्ष बोलखेका अनुसार नेपाल सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजश्व बाँडफाँड,बागमती प्रदेश सरकारबाट प्राप्त समानीकरण अनुदान तथा राजश्व बाँडफाँड, आन्तरिक आय र चालु आवको मौज्दात समेत जम्मा ३३ करोड ७७ लाख ९९ हजार ७ सय १८ रुपैँया ९६ पैसा रकम विनियाेजन विनियोजन गरिएको छ ।
यसैगरि उपाध्यक्ष बोलखे अनुसार गाउँपालिकाको लागि नेपाल सरकारबाट शशर्त अनुदान तर्फ रु २७ करोड ३८ लाख तथा बागमती प्रदेश सरकारबाट शशर्त अनुदान तर्फ रु १ करोड ६७ लाख ७९ हजार रकम गरी जम्मा रु २९ करोड ५ लाख ७९ हजार रकम प्राप्त भएको छ । यसैगरि बागमती प्रदेश सरकारबाट बाट समपुरक अनुदान रु२ करोड ९७ लाख ६४ हजार रकमलाई प्रदेश सरकारसँगको सहकार्यमा योजनाहरु सञ्चालन गरिने उपाध्यक्ष बोलखेले बताईन् ।