मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५ सय १८ जना कोरोना संक्रमित निको भएका छन् । उनीहरु देशभरका विभिन्न अस्पताल, अाइसाेलेसन र हाेम अाइसाेलेसनबाट निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
यस्तै, गत २४ घण्टामा २ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २ सय ३५ जनाको पीसीआर परीक्षणबाट १ हजार ५ सय ७७ र ४ हजार ९ सय ९७ जनाको एन्टिजेन परीक्षणमा ८ सय ९७ जना गरी २ हजार ४ सय ७४ जना कोरोना संक्रमित थपिएका हुन्।
यसैगरी पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।