युराेकप फुटबल अन्तरगत समूह चरणकाे खेलहरु बुधबारबाट सकिएकाे छ । समूह चरणकाे खेल सकिए सँगै युरोकप २०२० को नकआउट चरण अर्थात प्रिक्वाटरफाइनलकाे समीकरण पूरा भएको छ । बुधबार राति भएको समूह ‘इ’ र ‘एफ’को खेलपछि नकआउट पुग्ने १६ टोलीकै टुङ्गो लागेको हो ।
समूह ‘ई’ बाट स्वीडेन समूह विजेता र स्पेन समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगे । समूह ‘एफ’बाट फ्रान्स समूह विजेता र जर्मनी समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेकाे छ भने साेही समूहबाट पोर्चुगल पनि तेस्रो मध्ये उत्कृष्ट हुँदै नकआउटमा पुगेको छ ।
यसअघि भएका खेलमा समूह ‘ए’ बाट इटली र वेल्स, समूह ‘बी’ बाट बेल्जियम र डेनमार्क, समूह ‘सी’ बाट नेदरल्याण्ड्स र अष्ट्रिया तथा समूह ‘डी’ बाट इंग्ल्याण्ड र क्रोएसिया अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । यस्तै तेस्रो हुने मध्येबाट स्विट्जरल्याण्ड, चेक रिपब्लिक, युक्रेन र पोर्चुगल पनि अन्तिम १६ मा प्रवेश गरेका हुन् ।
अब अन्तिम १६ काे स्पर्धा अर्थात प्रिक्वाटरफाइनलका खेलहरु दुई दिनपछि अर्थात शनिबारदेखि सुरु हुनेछन् ।
युराे कपकाे अन्तिम १६ प्रिक्वाटरफाइनलमा भिड्ने टाेली
वेल्स र डेनमार्क – असार १२ गते
इटली र अष्ट्रिया – असार १२ गते
नेदरल्याण्ड्स र चेक रिपब्लिक – असार १३ गते
बेल्जियम र पोर्चुगल असार – १३ गते
क्रोएसिया र स्पेन – असार १४ गते
फ्रान्स र स्विट्जरल्याण्ड – असार १४ गते
इंग्ल्याण्ड र जर्मनी – असार १५ गते
स्वीडेन र युक्रेन – असार १५ गते