मकवानपुर । पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल, मट्टितेल तथा हवाई इन्धनको मूल्य बढाएको छ।
पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ । २ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २७ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल र मट्टितेलको मूल्य १ सय १० रुपैयाँ कायम भएको छ । हवाई इन्धनतर्फ अन्तर्राष्ट्रिय उडानको मूल्य प्रति किलोलिटर २० अमेरिकी डलर र आन्तरिक उडानको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाइएको छ ।
निगमले यसअघि गत जेठ २३ गतेदेखि लागू हुने गरी पनि इन्धनको मूल्य २ रुपैयाँ प्रतिलिटरका दरले बढाएको थियो ।
