मकवानपुर । काेराेेना भाइरस संक्रमणकाे कारण स्थगित जिल्ला प्रशासन कार्यालय मकवानपुरकाे सेवा असार १३ गतेबाट सुचारु गरिने भएको छ । काराेना संक्रमण बढ्दै गए पछी अघि स्थगित गरिएको नयाँ नागरिकता, प्रतिलिपि र राहदानीको काम असार १३ गतेबाट स्वास्थ सुरक्षाकाे मापदण्ड पालन गरी सुचारु गरिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेद्वारा बुधाबार जारी सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले बारअनुसार सर्वसाधारणलाई सेवा प्रबाह गर्ने भएको हो ।आइतबार र सोमबार हेटौंडा उपमहानरपालिका, मंगलबार र बुधाबार थाहा नगरपालिका, राक्सिराङ, कैलाश, इन्द्रसरोबर र भीमफेदी गाँउपालिका र विहीबार र शुक्रबार बागमती, बकैया, मकवानपुरगढी र मनहरी गाउँपालिकाका नागरिकलाई सेवा दिने अाज प्रकाशित सूचनामा उल्लेख छ ।
यस्तै शान्ति सुरक्षा, विपद, मुद्धा, संघ संस्थाको, पत्रपत्रिका, नाबालक परिचयपत्र लगायतको कामहरु भने नियमित हुने जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।