मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडा अस्पताललाई ३५ थान अक्सिजन सिलिन्डर र १ थान अक्सिजन जेनेरेटर सहयोग गरेको छ ।
अमर धन स्मृति प्रतिष्ठानका संस्थापक त्रिलोक गुरुङ तथा हङकङका व्यापारी सिन हेतुङको सहयोगमा खरिद गरिएको अक्सिजन सिलिण्डर र अक्सिजन जेनेरेटर मंगलबार हेटौंडा अस्पताललाई सहयोग गरिएको राप्रपा मकवानपुरले जनाएको छ ।
मंगलबार बिहान राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटासहित नेता मधु अधिकारीसहित कार्यकर्ताहरु हेटौंडा अस्पताल पुगेर अक्सिजन सहयोग गरेको हो ।