मकवानपुर । मकवानपुरमा थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले सोमबार दिउँसो सार्वजनिक गरेको पछिल्लो २४ घण्टाकाे विवरणमा उक्त संख्यामा काेराेना पुष्टि भएकाे हाे । सार्वजनिक विवरण अनुसार ४२ जनाको पीसीआर र ४७ जनाको ऐन्टिजेन रिपोर्ट पोजेटिभ आएको हो ।
पुष्टि काेराेना पुष्टि हुनेहरुमा सबैभन्दा बढी ४१ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यसैगरी १८ जना बागमती गाउँपालिकाका, १६ जना मनहरी गाउँपालिकाका, ४ जना मकवानपुरगढी गाउँपालिकाका, थाहा नगरपालिका,बकैया र कैलाश गाउँपालिका भित्रका ३/३ जना र १ जना राक्सिराङ गाउँपालिकाका रहेको कार्यलयले जनाएको छ । यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेको संख्या १० हजार ४ सय २३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मकवानपुरमा ९७ जना कोरोना संक्रमण निकाे भएका छन् । १३ जना संस्थागत आइसोलेसन र ८४ जना होम आइसोलेसनमा बसेकाहरु कोरोना निकाे भएको स्वास्थ्य कार्यालय जनाएकाे छ । याेसँगै जिल्लामा हालसम्म ९ हजार २ सय २३ जना कोरोना संक्रमण निकाे भएका छन् ।
जिल्लामा हालसम्म १ सय १६ जना संक्रमितको मृत्यु भएको छ । जिल्लामा हाल घरमा ९ सय ५८ जना र संस्थागत आइसोलेसनमा १ सय ९ जना रहेका छन् ।
यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ हजार ५ सय ८३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५ सय ८४ र ४ हजार ३ सय २१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७ सय १३ जना गरी २ हजार २ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ४६ जनाको मृत्यु भएको र ३ हजार १ सय ३० जना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।