मकवानपुर । पछिल्लो २४ घण्टामा मकवानपुर जिल्लामा १ सय ५८ जना कोरोना संक्रमण निकाे भएका छन् । हाेम आइसोलेसनबाट १ सय ३१ जना र संस्थागत आइसोलेसनबाट २७ जना गरी १ सय ५८ जना काेराेना संक्रमण निकाे भएकाे स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमण निकाे हुनेकाे संख्या ९ हजार १ सय ३९ जना पुगेका छन् ।
यसैगरी पछिल्लो २४ घण्टामा जिल्लामा १ सय १८ जनामा कोरोना परीक्षण गर्दा ५० जनामा काेराेना संक्रमण देखिएको छ । याे समेत गरी जिल्लामा हालसम्म १० हजार ३ सय ३४ जनामा कोरोना पुष्टि भएको छ । कार्यलयका अनुसार जिल्लामा हाल आफ्नै घरमा ९ सय ५५ जना र संस्थागत आइसोलेसनमा १ सय ७ जना गरी १ हजार ६२ जना संक्रमित उपचाररत रहेका छन् ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १२ का ७८ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
कार्यलय अनुसार मृतक पुरुषमा जेठ ३१ गते कोरोना पुष्टि भएको र असार १ गते हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचारको लागि भर्ना गरिएको थियो । उनको उपचारको क्रममा आइतबार बिहान अस्पतालमा मृत्यु भएको हाे । यो संगै हेटौंडा उपमहानगरपालिकाका कोरोनाबाट मृत्यु हुनेको संख्या ८५ जना र जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ ।
नेपालमा थप ३ हजार ४ सय ५६ जना काेराेना संक्रमित निकाे
नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ४ सय ५६ जना कोरोना भाइरस संक्रमण निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु विभिन्न अस्पतालमा उपचाररत र आइसोसेसन सेन्टर तथा होम आइसोलेसनमा रहेका थिए। यससँगै नेपालमा कोरोना संक्रमण भई निको हुनेको संख्या ५ लाख ५६ हजार ७ सय ९८ पुगेको छ।
यस्तै, नेपालमा गत २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १० हजार ९ सय ५६ जनाकाे स्वावकाे परीक्षणबाट २ हजार ४ सय ४२ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
यस्तै आइतबार कोरोनाबाट थप ५१ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।