- ज्याेति घिमिरे
१.
परिबन्दले मान्छे जिउँदो लास देखे मैले।
हरपल मान्छे समयको दास देखे मैले।
छन गेडि सबै मेरि छैनन त सबै टेढी ,
पैसा हुन्जेलसम्म नाता खास देखे मैले।
२.
सम्बन्धका अदृस्य खात हुन थाले।
कल्पनामै रमाउदै दिन रात हुन थाले।
आफ्नाका हाल खबर बाल मतलब भयो,
मोबाइलमै पराइ सङ्ग प्रेमिल बात हुन थाले।।
३.
सधै खादा एउटै हातको नुन चर्को लाग्छ।
मायाको पछेउरी पनि फाटेको बर्को लाग्छ।
बाहिर मन फसेपछी यस्तै त हो महासय,
घरकी मीठो बोल्दा नि सार्है झर्को लाग्छ।।
४.
चरित्र भन्दा चित्र हेरि मायाको साथ खोज्छ्न।
तिम्रा लागि म छु भन्दै थमाउन हात खोज्छन।
रगत सबैको रातो हुन्छ भनिकन फसाउदै,
घरजम गर्ने बेला के हो तिम्रो जात खोज्छन।
५.
पश्चिमी सभ्यता चाल्न थाले हेर।
सद्दे कपडा च्याती टाल्न थाले हेर।
घरका बुवाआमा बृद्धआश्रम धपाएर,
मासु भात खुवाइ कुकुर पाल्न थाले हेर।
धनुषा गाेदार