मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट १ सय ४३ किलो गाँजा सहित कन्टेनर र ३ जना पक्राउ गरेकाे छ ।
विहीबार बिहान ३ बजेको समयमा मनहरीबाट हेटौडातर्फ आईरहेको ना १ ख ९९१० नम्बरको कन्टेनर चेकजाँज गर्दा उक्त परिमाणकाे लागुऔषध गाँजा सहित ३ जना पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बिशेष सूचनाको मकवानपुर प्रहरीले कन्टेनर गाडीको चेकजाँज गर्दा केविन भित्र चालक बस्ने सिट पछाडी फल्स बटम बनाई ल्याएको १२ वटा पोकामा गाँजा १ सय ४३ किलो ३ सय ग्राम बरामद गरिएकाे मकवानपुर प्रहरीले जनाएको छ ।

गाँजा ओसारपसरा गर्ने गाडी चालक सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका ५ सिगार्सेका २८ बर्षिय सनक बहादुर तामाङ, सह–चालक सिन्धुपाल्चोक बार्हबिसे नगरपालिका ८ मानेश्वराका २४ बर्षिय सोमे तामाङ र सोही गाडिमा सवार मकवानपुर राक्सिराङ गाएँपालिका १ गल्छराङका १८ बर्षिय सविन तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
लागुऔषध गाँजा र कन्टेनर गाडीसहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
सालकाे फन्टा सहित २ जना पक्राउ
यस्तै मकवानपुर प्रहरीले हेटाैडा ११ तिनताप्के स्थित सडक खण्डमा बसामाडी तर्फबाट पदमपोखरी तर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ ख ०१३२ नं. को मिनि टाटाबाट लुकाई छिपाई ल्याएको अबैध सालको २७ वटा फेन्टा जम्मा ५४ क्युफिट काठ बरामद गरेकाे छ ।

असार ३ गते राती १२ बजेकाे समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले पदमपोखरी तर्फ जाँदै गरेको प्रदेश ३-०३-००१ ख ०१३२ नं. को मिनि टाटाबाट लुकाई छिपाई ल्याएको उक्त परिणामकाे सालकाे फेन्टा फेला परेको प्रवक्ता रिमालले जानकारी दिए ।
प्रहरीले मिनीटाटा चालक मकवानपुर हेटाैडा ११ स्मारक बस्ने बर्ष २३ को सुखराम रुम्बा र सो काठ ओसार-पसारमा सम्लग्न मकवानपुर हेटाैडा १३ बस्ने बर्ष २४ को दिपेश लामा सहित काठ, गाडी र लामाले प्रयाेग गरेकाे माेटरसाइकल नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागि डिभिजन वन कार्यालय राप्ती मनहरी पठाईएको प्रवक्ता रिमालले बताए ।