मकवानपुर/बागमती प्रदेश सरकार आर्थिक वर्ष २०७८÷०७९ को लागि बिनियोजित बजेट मंगलबार प्रदेश सभा समक्ष पेश गरेको छ ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि कुल ५७ अरब ७२ करोड ९ लाख २७ हजार बजेट बिनियोजन गरेको छ । कुल बजेट मध्ये चालु खर्चमा २६ अर्ब १ करोड ६६ लाख २३ हजार (अर्थात ४५ प्रतिशत), पुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार ( अर्थात् ५१ प्रतिशत), वित्तिय व्यवस्थापनतर्फ २ अर्ब ( अर्थात् ४ प्रतिशत) बिनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको लागि अनुमानित गरिएको खर्च व्यहोर्न स्रोत मध्ये कर राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख, अन्य राजस्वबाट ६ अर्ब ८२ करोड १३ लाख संघीय सरकारबाट वित्तिय हस्तान्तरण प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविधि प्राप्ति १ अर्ब ५ करोड ९ लाख चालु आवको राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरेको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुंगेलले मंगलबारको संसदमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकताको साथ बजेट प्रस्तुत गरेका हुन् ।
पूर्णपाठ हेर्नुहाेस्