मकवानपुर । कोरोना महामारीको कारण समस्यामा परेकाहरूको लागि सहयोग गर्दै आएको नागस्वती ईन्भेष्टमेन्ट ग्रुपले मंगलबार हेटौंडा अस्पतालमा उपचाररत बिरामीहरु तथा बिरामीका कुरुवाहरुलाई सहयोग गरेको छ ।
हेटौंडा उपमहानगरपालिका –७ को नागस्वती ईन्भेष्टमेन्ट ग्रुपले हेटौंडा अस्पतालमा कोभिडको कारण उपचाररत बिरामी र बिरामीको कुररुवाहरुलाई खाना, अण्डा, पानी तथा स्वास्थ्य सुरक्षाको सामग्री सहयोग गरेको हो ।
विगतमा बिहानकाे खाजाकोमा प्रदान गर्दै आएको दाल तथा अण्डा उपलब्ध सेवा रोटरी क्लबले सोमबारबाट सेवा बन्द गरेपछि आइपर्न सक्ने समस्यालाई मध्येजनर गर्दै नागस्वती ईन्भेष्टमेन्ट ग्रुपले उक्त सहयोग गरेको ग्रुपका हेम अधिकारीले बताए ।
ग्रुपले पानी ५० कार्टुन मास्क २ हजार थान, मुङ दाल १५ किलो अण्डा २१ क्रेट सहयोग गरिएको ग्रुपका अधिकारीले बताए ।
नागस्वती ईन्भेष्टमेन्ट ग्रुप हेटौंडा ७ निवासी ब्यवसायीहरुको ग्रुप हो । यो ग्रुपले यसअघि पनि वृद्धा आश्रमलगायतलाई आवश्यक सहयोग गर्दै आएको ग्रुपका अर्को सदस्य राजकुमार बानियाँले बताए ।
ग्रुपको तर्फबाट मंगलबार रामकृष्ण भट्ट, श्यामसुन्दर परियारलगातको समूहले अस्पताको हेल्प डेस्कमा सहयोग हस्तान्तरण गरेको थियो ।