मकवानपुर । मकवानपुरमा निषेधाज्ञा उल्लङ्घन गर्ने ५ सवारी साधन कारवाहीमा परेकाे छ । जेठ ३१ गते साेमबार मकवानपुर प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल/स्कुटर, अटो, सानो गाडी गरी १९ वटा सवारी साधनको कागजपत्र नियन्त्रणमा लिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बिभिन्न स्थानका चेकप्वाईन्टमा निषेधाज्ञा उल्लङ्घन गर्ने १९ सवारी साधनलाई नियन्त्रणमा लिइएकाेमा कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ५ वटा सवारी साधनलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता जयश्वर रिमालले बताए ।
यस्तै जेठ ३१ गते निषेधाज्ञाकाे अवधीमा पसल ब्यवसाय खोली संचालन गर्ने ४ जना कारवाहीमा परेका छन् । निषेधाज्ञाकाे अवधीमा पसल ब्यवसाय खोली संचालन गर्ने हेटाैडा ८ का किराना पसल, हेटाैडा ८ काे हार्डवेयर पसल हेटाैडा ९ काे तरकारी पसल, हेटाैडा ९ कै हार्डवयर पसल समेतका ४ जना प्रहरीले नियन्त्रणमा लिइएकाे हाे ।
उनीहरूलाई आवश्यक कारवाहीको जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाईएकोमा जिल्ला प्रशासन कार्यालयबाट प्रत्येकलाई जनही ३ हजार रूपैयादेखि ५ हजार रूपैयाका दरले जरिवाना समेत भएको प्रवक्ता रिमालले जानकारी दिए ।