मकवानपुर । मकवानपुरमा सञ्चालित एम्बुलेन्समा जिपिएस जडान गरिएको छ । मकवानपुरका १७ वटा एम्बुलेन्समा जिपिएस ट्रयाकिङ जडान गरिएको हाे ।
गत जेठ १९ गते जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य कार्यालय मकवानपुरलाई एम्बुलेन्समा जिपिएस जडान जडान गर्न निर्देशन दिएकाे थियाे । निर्देशन पश्चात जेठ ३१ गते साेमबार जिपिएस ट्रयाकिङ जडान गरिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताए ।
एम्बुलेन्स चालकले कोरोना महामारीको समयमा सेवा दिन नसकेको र विभिन्न बहाना बनाई पञ्छिन थालेको जनगुनासो पछि जिपिएस जडान गरिएको हो । १ लाख ५० हजारमा खरिद गरी १७ वटा जिपिएस जडान गरिएको घिमिरेले बताए । ‘हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाँउपालिका र मनहरी गाउँपालिकामा सञ्चालित एम्बुलेन्समा जडान गरिएको हाे’ उनले भने ।
जिपिएसको कन्ट्रोल गर्न जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ ।