- सम्झना घिमिरे
मकवानपुर । बागमती प्रदेश सरकारलाई युएनडीपीले स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । महिला सशक्तिकरण तथा गरिवी निवारण समुह नेपालको संयोजनमा युएनडीपीले बागमती प्रदेशकाे ३ जिल्लाकाे लागि स्वास्थ्य सहयोग उपलब्ध गराएको हाे ।
महिला सशक्तिकरण तथा गरिवी निवारण समुहका इन्दिरा न्यौपानेको समन्वयमा युएनडिपी नेपालबाट प्राप्त ५० थान (५ लीटरको २५ थान र १० लीटरको २५ थान) अक्सिजन कन्सन्ट्रेटर बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई साेमबार हस्तान्तरण गरिएकाे हाे ।
मुख्यमन्त्री पाैडेललाइ हस्तान्तरण गरिएकाे उपलब्ध ५० थान अक्सिजन कन्सन्ट्रेटर मध्ये प्रदेशका चितवन जिल्लालाई ९ थान, सिन्धुली जिल्लालाई २० थान र मकवानपुर जिल्लालाई २१ थान वितरण गरिने भएकाे छ ।
स्वास्थ्य सामग्री ग्रहणपछी मुख्यमन्त्री पौडेलले वागमती प्रदेशको राजधानी हेटौडा लगायत यस अन्तर्गतका जिल्लाहरुमा कोरोना संक्रमणको कारण कुनै पनि विरामीले ज्यान गुमाउने अवस्था सिर्जना हुन नदिने बताए । ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका हेटौडा अस्पताललाई ३ सय बेडकाे सुविधा बनाइनेछ ’ पाैडेलले भने ‘उधोग संघ हेटौंडाले १ करोड २८ लाख लगानीमा हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्ने काम तिव्र रुपमा अघि बढिरहेको छ ।’

त्यस्तै बागमती प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले विश्व नै कोरोना महामारीबाट गुज्रिरहेकोकाे अवस्थामा नेपालका आधा भन्दा बढि संक्रमित वागमती प्रदेश रहेकोले स्वास्थ्य प्रति थप सचेतताको आवश्यकता रहेको बताइन् । अक्सिजनकै अभावमा कोरोना संक्रमितहरुले ज्यान गुमाउनु परिरहेको अवस्थामा युएनडीपीले गरेको सहयोग संजिबनी बुटी झैं भएको बस्नेतले बताइन् ।
हस्तान्तरण कार्यक्रममा स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र हेटौडाका प्रमुख बसन्त अधिकारी, हेटौडा अस्पतालका मेडिकल सुपरिटेडेन्ट रामचन्द्र सापकोटा युएनडीपी प्रतिनिधि धन चन्द , बिपुल झा, महिला सशक्तिकरण तथा गरिबि निवारण समुहको मकवानपुरका अध्यक्ष न्यौपाने , नेपाली काङ्ग्रेस मकवानपुरका पुर्व सभापति तथा सल्लाहकार रामचन्द्र अर्याल (माईकल) लगायतकाे सहभागितामा रहेको थिए ।