मकवानपुर । प्रधानमन्त्री केपि शर्मा ओलिविरुद्ध बागमति प्रदेशसभामा हिंसात्मक अभिव्यक्ति दिएका कांग्रेस सांसद नरोत्तम वैद्य विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मकवानपुरमा परेको उजुरी विरुद्ध कांग्रेस बागमती संसदीय दलले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सांसद वैद्य उपर राजनीतिक प्रतिसोधको आधारमा सरकारको दबाब र प्रभावमा जाहेरी दर्ता भएको प्रति कांग्रेस बागमती प्रदेशको संसदीय दलको ध्यानाकर्षण भएको दलका नेता इन्द्र बहादुर बानियाँले एक प्रेस विज्ञप्ती जारी गर्दै बताएका छन् ।
‘नेपालको संविधानको धारा १८७ मा प्रदेश सभाको विशेष अधिकारको उपधारा १ मा यस संविधानको अधिनमा रही प्रदेश सभामा पुर्ण वाक स्वतन्त्रता हुनेछ । प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मत लाई लिएर प्रदेश सभाको सदस्यलाई पक्राउ गर्ने थुनामा राख्ने वा चिज उपर कुनै अदालतमा कारबाही चलाइने छैन भन्ने संविैधानकि व्यवस्थाको पूर्णरुपमा बर्खिलाप बदयितपूर्ण तवरबाट जाहेरी दर्ता भएको मा बागमती प्रदेश संसदीय दलले गम्भिरआपति प्रकट गर्दछ ।’ जेठ ३१ गते साेमबार प्रकाशित प्रेस विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा ‘प्रदेश सभाको विशेषधिकारको हनन् गर्दै प्रदेश सभाको मानहानी गर्ने कार्य नेपालको संविधानको बर्खिलापमा छ । प्रहरी अनुसन्धान अधिधारी लगायत सरकारका कुनै पनि निकयाले यसो गर्नै काुननी अधिकार छैन साथै संवैधानिक मुल्य र मान्य र संसदीय अभ्यास माथि गम्भीर आघात पु¥याएको दलले ठहर गरेको छ । यसप्रति संसदीय दलले घोर भर्त्सना गर्दछ ।’ भनिएकाे छ ।
सांसद नरोत्तम वैद्यले आत्मोलचना गर्दै संसदमा उभिएर आफ्नो अभिव्यक्ति फिर्ता लिँदै माफि समेत मागिसकेका छन् । उनले आफ्नो अभिव्यक्ति समभामुखलाई संसद रेकर्डबाट हटाउन समेत अनुरोध गरेसँगै संसद रेकर्डबाट हटाउन सभामुख सानुकुमार श्रेष्ठले आदेश दिएका थिए । तर आवश्यक परेमा गैर संवैधानकि कार्यको नेपाली कांग्रेस बागमती प्रदेशले प्रदेश संभामा शसक्त प्रतिवाद गर्ने दलका नेता इन्द्रबानियाँले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
बागमती प्रदेश काठमाण्डौ निर्वाचन क्षेत्र नं. ४(१) बाट निर्वाचित प्रदेश सभा सदस्य माननीय नरोत्तम वैद्यले बागमती प्रदेश सरकारको आ.ब.२०७४।७९को नीति तथा कार्यकम माथीको छलफलमा भाग लिने क्रममा मिति २०७८ जेष्ठ २८ गते प्रदेश सभाको रोष्टमबाट प्रतिक्रिया दिने कममा बर्तमान अबस्थामा देशमा व्याप्त चरम निराशा र यसबाट उत्पन्न राजनीतिक परिस्थितीको विश्लेशण गर्दै उदाहरण कममा भाववेशमा आएर सम्मानीय प्रधानमन्त्री प्रति लक्षित अभिव्यक्ति नेपाली काँग्रेसको आदर्श,नीति र संसदीय अभ्यास र गरिमा विपरित भएको समेत विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेकोमा जेष्ठ २९ गते प्रदेश सभामा वैद्यले आफुले बोलेको अभिव्यक्ति फिर्ता लिई रेकर्डबाट हटाउन सभामुख सानु कुमार श्रेष्ठलाई औपचारीक रुपमा अनुराेध गरेकामा तत्काल सभामुख श्रेष्ठकाे बैठकबाट बैद्यकाे प्रधानमन्त्री लक्षित भनाई रेकर्डबाट हटाउन निर्देशन पश्चात वैद्यको उक्त अविव्यक्ति रेकर्डबाट हटाइ सकेको छ । यस्ताै अवस्थामा संबैधानिक व्यवस्था विधिका शासन र प्रचलित कानून विपरीत जिल्ला प्रहरी कार्यालयमा मकवानपुरमा परेको उजुरी विरुद्ध नेपाली काँग्रेसले प्रतिवाद गर्ने छ । बानियाँले भने
