- शान्ति अर्याल अधिकारी
पाेर्चुगल । गैरआवासीय नेपाली संघको अधिवेशन नजिकिँदै गर्दा एनआरएनए पोर्चुगलले सरोकारवालाहरू बीच सुझाव सकंलन गरेको छ। सुझाव सकंलन कार्यक्रममा बोल्दै बक्ताहरूले सदस्यता बृद्धि गर्न तर्फ आआफ्नो क्षेत्रबाट पहल गर्न तत्पर रहेको बताउँदै एनआरएनले सबै प्रवासीहरूको अभिभावकत्व ग्रहण गर्न सक्नु पर्ने कुरामा जोड दिएका थिए।
संस्था भित्र पारदर्शी हुनुपर्ने, अधिवेशनको समयमा हाम्रालाई भन्दा राम्रालाई स्थान दिनुपर्ने, संस्थाभित्र आबद्ध जिम्मेवार व्यक्तिहरुले अनुशासन, मर्यादा र आचरणको ख्याल गर्नु लगायतका सुझाबहरू राखेका थिए।
सदस्यता जुलाईको अन्त्यसम्म संघको अधिवेशन सम्पन्न गर्न केन्द्रले निर्देशन गरे लगत्तै पोर्चुगलमा पनि सदस्यता बितरण शुरू गरिएको हो। पोर्चुगल को अधिवेशन आउँदो जुलाई अन्तिम साता सम्पन्न गर्ने तयारी रहेको संघले जनाएको छ।
गैरआवासीय नेपाली संघ सबैको साझा संस्था भएकोले बिधान बमोजिम योग्यता पुगेका सबै प्रवासी नेपालीहरूलाई सदस्यता लिन संघले आब्हान गरेको छ। सदस्य बन्नको लागी सार्क राष्ट्रभन्दा बाहिर बसेको २ बर्ष पुग्नु पर्ने नियममा उल्लेख गरिएको छ।
संघका अध्यक्ष तिलक गैरे संयोजक रही सघको तर्फबाट ५ जना सहित सम्पूर्ण संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु संलग्न सदस्यता विस्तार सहयोग समिति गठन भएको छ। कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष तिलक गैरे र संचालन महासचिव हेमराज सुवेदीले गरेका थिए ।
जुन १२ तारिख शनिबार जुम मार्फत भएकाे कार्यक्रममा पोर्चुगलमा रहेका बिभिन्न बैचारिक,सामाजिक,जातिय, क्षेत्रीय, व्यवसायिक, तथा अन्य संघसंस्थामा आबद्ध अध्यक्षहरु, महासचिवहरु,सचिव तथा जिम्मेवार ब्यक्तिहरु र पत्रकारहरूको सहभागिता रहेको थियो।