मकवानपुर । नेपालमा थप ६ हजार २ सय ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।
मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा विभिन्न जिल्लामा गरिएको ८ हजार ५ सय ६ पीसीआर परीक्षणमा २ हजार ३ सय ८२ जनामा र ५ हजार ९ सय ८८ एन्टिजेन परीक्षणमा १ हजार २ जना गरी थप ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेकाे संख्या ६ लाख ६ हजार ७ सय ७८ पुगेको छ। हालसम्म ३२ लाख ७ हजार २०८ पीसीआर परीक्षण गरिएको मन्रत्रालयले जनाएकाे छ
मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा देशभर गरी थप ६१ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ। हाल काेराेना संक्रमण भइ सक्रिय संक्रमितको संख्या ७१ हजार ३ सय १ र क्वारेन्टाइनमा ५ सय ५२ रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।