मकवानपुर । मकवानपुर प्रहरीले निषेधाज्ञा उल्लङ्घन गर्ने २२ सवारी साधनलाइ कारवाही गरेकाे छ । जेठ २८ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले निषेधाज्ञा उल्लङ्घन गर्ने मोटरसाइकल/स्कुटर, अटो गरी २० वटा सवारीसाधन कारवाही गरेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
यसैगरी निषेधाज्ञा उल्लङ्घन गर्ने ६१ वटा सवारी साधनको कागजपत्र नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिइएका २० वटा सवारी साधनलाइ कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम प्रति सवारी साधन २ हजार देखि ५ हजारका दरले कारवाही गरिएको मकवानपुर प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
यस्तै निषेधाज्ञा उल्लंघन गरी पसल पसल खोली संचालन गर्ने १ जना नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाईएकोमा प्रशासन कार्यालयबाट ५ हजार जरीवाना समेत भएको रिमालले बताए ।