मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । ओलीले सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र १ राज्यमन्त्री र जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट १ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएकाे हाे ।
पूर्णता पाएकाे २५ सदस्यीय मन्त्रिपरिषदमा ३ उपप्रधानमन्त्री, १८ मन्त्री र ३ राज्यमन्त्री छन् ।
खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका ओलीले नैनकला थापालाई सञ्चार तथा प्रविधिमन्त्री बनाएका छन् । नादरमुनी राना वनमन्त्रीमा नियुक्त भएका छन् भने एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।
एमालेबाट गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् ।
यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । जसपाको ठाकुर पक्ष ७ जेठमा ८ मन्त्री र २ राज्यमन्त्री लिएर सरकारमा गएको थियो ।