मकवानपुर । नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले नेकपा माधव नेपाल पक्षले अघि सारेको ” वृहत कम्युनिष्ट एकता ” के कसरी सम्भव छ ? भनेर प्रश्न गरेका छन् । उनले जनता जागरुप भैसकेको भन्दै जनतामा भ्रम सृजना गरेर झुठको खेती नर्गन बुधबार सामाजिक सञ्जाल फेसबुकमा नेपाल समूहलाई सुझाव समेत दिएका छन् ।
उनले माधव नेपालले अघि सारेको ‘बृहत कम्युनिष्ट एकता’ आफ्नै पार्टी फुटाएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रपञ्च भएको शंकेत गरेका छन् । उनले सञ्जालमा लेख्दै प्रश्न गरेका छन दिनहुँ बुढानिलकण्ठ, सानेपा कांग्रेस पार्टी कार्यालय धाएर, एमाले विरुद्ध अप्राकृतिक गठबन्धन गरेर बृहत कम्युनिष्ट एकता संभव छ ?
उनले माधव नेपाल एण्ड कम्पनी भन्दै चुनाव फेस गर्न समेत अनुरोध गरेका छन् ।
