ओशो अर्थात रजनिशले भनेका छन्ः ‘यदि तपाई प्रेममा हुनुहुन्छ भने, प्रेम मै रहनुहोस् । किनभने तपाई एक महान् जिन्दगी बाँचिरहनुभएको छ । प्रेमले नै जिन्दगीलाई महान बनाउने हो ।’
विश्वविख्यात धर्मगुरु एवं महान् दार्शनिकको रुपमा लिइन्छ ओशोलाई । यसो त उनी सर्वाधिक विवादमा आएको व्यक्तिको रुपमा पनि चिनिन्छन् । चाहे जो होस् उनलाई धेरैले भगवान मान्छन् । कसैले महान् बिचारक मान्छन् । कसैले प्रेमको व्यख्याता त कसैले दार्शनिक । व्यक्तिको व्यक्तित्व जस्तो भए पनि असल र ग्रहणयोग्य कुरालाई ग्रहण गर्नुपर्छ, मनन गर्नुपर्न भन्ने चाँही मेरो व्यक्तिगत लय हो । हामी कति बाँच्दछौ, त्यो बाँच्दाको हरेक पलहरु सार्थक बनाउन सकियोस् भन्ने म सोच्दछु । सकिन्छ आफ्नो कारण अरुलाई हित होस्, यदि सकिन्न भने अहित कसैलाई नहोस् ।
डर, त्रास र निराशालाई पन्छाउँदै जीवनमा सत्यलाई स्वीकार गर्दा या सत्यलाई प्रेम गर्दामा मात्रै जीवनको सुरुवात छ । जहाँ डर त्रासको अन्त्य हुन्छ, त्यहाँ हुन्छ जीवनको सुरुवात । सत्य बाहीर खोज्न थाल्यौ भने हामी आफैंमा हराउने छौ । सत्य हामीभित्रै छ, हामी मै छ । मात्रै आत्मसाथ र उजागर हुनु र नहुनुले फरक पार्दछ ।
ओशोकै अर्को भनाइ पनि म मनन गर्दछुः “प्रेम त्यसबेला सच्चा हुन्छ जब एकअर्काको व्यक्तिगत कुरामा दख्खल पुग्दैन, अर्थात् प्रेममा एकअर्काले सम्मान गर्नुपर्छ ।” हामीले जब स्वजन (आफ्नोजन) र पराइजन भनेर विभेद गर्न थाल्दछौ, हो प्रेममा यहीबाट अवरोध सिर्जना हुनथाल्द छ । आशोको कुरालाई गहिरीएर मनन् गर्दै जाँदा लाग्छ साँचै प्रेमले जीवनलाई रमाइलो बनाउँछ । सिङ्गाे जीवनलाई रमाइलोको रुपमा लिन सकियो भने जीवनको वास्तविकता नै त्यही रहन्छ । यसलाई अझै प्रस्ट्याउँः जब हामीले हाम्रो जीवनलाई रमाइलोको रुपमा, एउटा उत्सवको रुपमा ग्रहण गर्दछौ, अन्य अन्य जीवनहरु प्रति पनि स्वतः प्रेम भाव जागेर आउँछ । त्यहाँनेर स्वजन र पराइजन भन्ने भाव जन्मदैन । मानिस र अन्य प्राणीको जीवनमा फरक नै के छ र ? सबै जीवहरुलाई जीवनमा आफ्नो जीवनप्रति उत्तिकै प्रेम हुन्छ र हामी प्रकट गर्न सक्दछौ ।
हामी–हामी बाँचुल्जेल उत्सव मनाऔं, रमौं कसैसँग कुनै प्रकारको प्रतिस्पर्धा आवश्यक छैन । स्वयम् जस्तो छौ एकदम सही छौ । आफूलाई आफ्नो अवस्थामै स्वीकार गर्न सक्यौ भने, अर्को जीवनलाई पनि हामीले त्यही रुपमा स–सम्मान स्वीकार गर्न सक्नेछौ । अर्थात् उसलाई पनि कुनै स्वार्थबिना प्रेम गर्न सक्दछौ । हामीलाई हामीमा बाँधेर राख्ने अन्तिम कडि भनेको प्रेम नै हो । प्रेमलाई जनु साँघुरो रुपमा आफूखुसी व्याख्या विश्लेषण गर्दछौ, त्यो विल्कुल गलत हो । प्रेमको अर्को नाम हो मित्रता । मित्रता शुद्ध प्रेम हो । यो प्रेमको सर्वोच्च रुप हो, जहाँ केही अपेक्षा हुँदैन । कुनै सर्त हुँदैन । जहाँ केवल आनन्द हुन्छ, विश्वास हुन्छ, मिठास हुन्छ ।
आजको दिन हामी जहाँ छौ हामीमध्ये कसैलाई पनि कसैले आजको अवस्थासम्म ल्याइदिएको हैन, हामी आ–आफैं आफ्नो सपना पुरा गर्न अहोरात्र खटेका छौ र आजको स्थानमा छौ । यहाँ कोही पनि अरुको सपना पुरा गर्नको लागि लागिर्दैन । सबैलाई आफ्नो भाग्य वा कर्म बनाउनु छ । यसो हो भने किन अनावश्यक प्रतिष्पर्धा गर्ने ? आपसमा प्रेम र सद्भाव प्रकट गरेर हातेमालो गर्न किन सकिन्न र ?
थोरै प्रसंग बदलौ,
२ दिन अघि जुन ५ अर्थात जेठ २२ गते विश्व वातावरण दिवस मनाइयो । बिगतका बर्षहरूमा विरूव रोपेर, बाजागाजा सहित गाउँ तथा बजारमा ¥याली घुमेर प्रचारप्रसार गर्दै यो दिवस मनाइन्थ्यो । स्कुलहरू, कलेजहरू र टोल विकास समूहसम्म वातावरण दिवसमा विशेष कार्यक्रम हुन्थे । तामझाम र रौनक व्यापक हुन्थ्यो । तर अघिल्लो बर्ष र यो बर्ष फरक तरिकाले मनाइयो दिवस । कारण थियो कोरोना महामारी ।
यो बर्ष दिवस मनाउँदै गर्दा बिगतको याद आयो । दिवस विशेषमा ग्रामीण र शहरी क्षेत्रको टोलटोलमा हुने कार्यक्रमले सचेतना अभिवृद्धिमा केही योगदान गरेको पक्कै छ । तर मुल समारोह समितिको ब्यानरमा हुने बाजागाजा र -याली सहितको बजार परिक्रमालगायतको कार्यक्रमको लगानी बालुवामा पानी खन्याए सरह हो । यो किन ? किनकि स्थानीय टोल विकास समूहहरूले बर्षभरी के के गरे त्यो सारा कामको मुल्यांकन एक दिनको -यालीमा संभव पटक्कै छैन । मैले हेटौंडाको सन्दर्भमा यो कुरा उल्लेख गरिरहेको छु ।
विगतमा पनि हामीले कुनै न कुनै शंकटको सामना गरेका नै हौ । त्यो अवस्थामा हामीले कसरी शंकटलाई जितेर आजको पलसम्म आयौ ? र आजको शंकटलाई पनि हामी जित्ने नै छौ भन्ने भाव आफैंभित्र जगाउनु जरुरी छ । अर्थात् आजलाई स्वीकार गर्नुपर्छ, प्रेम गर्नुपर्छ ।
टोल विकास समूहहरूको काम के हो ? टोलको विकास (भौतिक तथा सामाजिक) मा समन्वय गर्ने, टोलमा मर्दा–पर्दा एकअर्कोलाई साथ दिने सामाजिक संस्कारयुक्त सद्भावको विकास गर्ने, सकारात्मक सन्देश प्रवाह गर्ने हो । गाँउटोलमा व्याप्त कुरितिहरूको सुधार गर्दै टोलवासीलाई एउटा घर जसरी एकताबद्ध बनाउनेसम्मको भूमिकामा टोल विकास समूहले योगदान गर्न सक्छ । अनि बर्षभरमा टोल विकास समूहले यस्ता यावत काम गरेका होलान् एकैदिनको मुल्यांकनमा त्यो पनि सडकमा देखिने ¥यालीमा उपस्थित व्यक्तिको आधारमा, पोशाक र प्ले कार्डको आधार कसरी संभव छ ? र अर्को कुरा मुल आयोजक समितिको ब्यानरमा हुने कार्यक्रमका प्रमुख तथा बिशिष्ट अतिथिको हातबाट रोपिएको बिरुवा हुर्केको मैले देख्न पाएको छैन । अघिल्लो बर्ष बिरुवा रोपिएको निशाना समेत हुन्न पछिल्लो बर्ष दिवस मनाउँदै गर्दा । बरू गाँउटोलमा बयबृद्ध आमाबुवाले रोपेको बिरुवा झाङ्गिएका छन् । टोल विकास समूहहरूको समृद्ध त्यो हो बरू । यो भन्दा हामीले टोलटोलमा आपसी भातृत्व र मित्रताको बिजारोपण गर्नुपर्ने थ्यो । सामाजिक सद्भावका विचारधारा रोपण गर्नुपर्ने थ्यो । त्यो प्रेमको वृक्षलाई रोप्नु पर्ने थ्यो, जसले आजको विषम परिस्थितीमा हामी एक हौं, भन्दै निस्वार्थ रुपमा आपसमा प्रेम प्रकट गर्दै एकअर्कोको ज्यान बचाउन लागिरेका हुने थियौ । यहाँनेर चुकेका छौ हामी । अब सुरु गरौं ।
हाल हामी महामारीको शंकटपुर्ण घडीमा छौ । म प्रेमको कुरा गर्दै थिए । यसैमा मैले जोड्न चाहेको कुरो प्रेम हो । आपसी प्रेम, आपसी भातृत्व, आपसी सद्भाव आपसी मेलमिलाप । हामीमा जुन प्रेमभाव छ, यो प्रेमभावलाई आपसमा संयमपुर्ण वातावरण दिएर, संरक्षण र सुरक्षा प्रदान गर्दै हामी समाज र संसारलाई प्रेममय बनाउन सक्दछौ । यो सामाजिक विकासको मुख्य पाटो हो, जहाँ गहिरा गहिरा खडलहरु छन्, समतल बनाउनु छ ।
सिङ्गो समाज शंकटको सामना गरिरहेको बेला धेरै पर जानु पर्दैन, हाम्रो टोलटोलभित्र मात्रै प्रेमभाव जगाउन सकियो भने धेरै भरथेग हुन्छ आपसमा । परिवारको सदस्य बिरामी पर्दा हामी कतिधेरै हतोत्साही हुनपुग्छौ तर त्यही टोलको वल्लोपल्लो घरमा बिरामी पर्दा हामी थाहै पाउँदैनौ किन ? किनकी आपसी प्रेमको अभाव यही छ । मैले माथि पनि प्रकट गरे, ओशोको विचारधारा किः “प्रेममा एकअर्काले सम्मान गर्नुपर्छ ।” हो हामीले रहदा बस्दा समाजका सदस्यहरुलाई कत्तिको प्रेम गरेका छौ, कत्तिको सम्मान गरेका छौ भन्ने सवाल यहाँ मुख्य हुन आउँछ । तँछाड मँछाड र अनावश्यक टिकाटिप्पणी प्रतिस्पर्धाले हामीलाई हामीबाटै अलग्याउँछ । र आजको आवश्यकता अलग्याइमा हैन एकतामा छ । प्रेममा छ । लेख तयार गर्दागर्दा ओशोको विचारधाराहरु उल्लेख गरिरहेको छु, किनकी आजको समयमा यि विचार धारा बढी नै मनन योग्य छन् भन्ने लाग्छ । “दुखमा ध्यान दिनुभयो भने सधै दुख रहन्छ, सुखमा ध्यान दिन सुरु गर्नुहोस् । खासमा तपाई जे कुरामा ध्यान दिनुहुन्छ, त्यही कुरा सक्रिय हुन्छ” यो पनि उनै दार्शनिकको भनाइ हो ।
हामी अहिले पीडाको घडीमा छौ, अभाव र शंकट हाम्रोलागि सत्रु बनेका छन् । तर हामीले यसमा हतोत्साही हुने निशारा बढाउने, विरक्तिने गर्दैमा त यो समस्या टर्नेवाला छैन । यहाँ पनि हामीले प्रेमभाव फैलाउँदै संयमता, सद्भाव तथा सुरक्षणलाई त्याग्नु हुदैन, सुनौलो बिहानी पक्कै आउने छ । हामीले विगतलाई फर्केर बारम्बार हेर्नुपर्छ, ताकि हामीलाई आगत र वर्तमानमा बल विगतले प्रदान गर्ने छ । विगतको पीडालाई संझिदा पनि आफसेआफ प्रेम र निर्धकता बढेर आउँछ । विगतमा पनि हामीले कुनै न कुनै शंकटको सामना गरेका नै हौ । त्यो अवस्थामा हामीले कसरी शंकटलाई जितेर आजको पलसम्म आयौ ? र आजको शंकटलाई पनि हामी जित्ने नै छौ भन्ने भाव आफैंभित्र जगाउनु जरुरी छ । अर्थात् आजलाई स्वीकार गर्नुपर्छ, प्रेम गर्नुपर्छ ।
जीवनलाई प्रेम गर्दा अधिक खुसी रहन सकिन्छ । जब जीवनलाई हामीले भित्रैदेखि गहिरीएर प्रेम गर्दछौ हामीमा एकदमै प्रशन्नता सिर्जना हुन्छ । प्रसन्नताले शंकट सामनाको संभावनाहरु एकाएक बढाइदिन्छ । हामीमा सबैखाले परिस्थिती सामना गर्न सामथ्य छ । हामीले विकराल समस्याहरु कसरी एक भएर सामना गर्यौ ? जस्तो कि हामीले विनाशकारी भुकम्पको शंकट सामना गर्यौ । बाढी पहिरोको शंकट सामना गर्यौ । कोरोना महामारीकै अधिल्लो लहर सामना ग-यौ । त्यो पलको याद गर्दा पनि आजको शंकट सामना गर्ने बल र बुद्धिमता बढेर आउँछ ।
सत्यलाई स्वीकार गरौं, सतर्क बनौ तर बिल्कुलै नआत्तिऔं । हामी आपसमा एक भएर नै महामारीको सामना गर्न सक्नेछौ । विगतको शंकटहरु सामन गरेजस्तै । बस् आपसी भातृत्व, आपसी सदभाव, आपसी प्रेमको वृक्षलाई विशाल बनाऔं, त्यै प्रेमको विशाल वृक्षले मात्रै हामीलाई भोलीको दिनमा अपेक्षाकृत शितलता प्रदान गर्न सक्ने छ । सर्भे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्
आफैंलाई प्रेम गरौं, समयलाई प्रेम गरौं, हरेक पल समयले हामीलाई केही न केही सिकाइरहेको हुन्छ । केही न केही नयाँ ‘आइडिया अर्थात भिजन’ दिइरहेको हुन्छ । बस् हामीले प्रेम पूर्वक स्वीकार गरेउ वा गरेनौ भन्ने सवाल हो ।
जीवनको हरेर पल अनुभुति गर्दै जाँदा हामीले जीवनका हरेक आयामहरु फरक फरक स्वादमा पाउने छौ । गुलियो, अमिलो, टर्रो, तितो, अँध्यारो, उज्यालो, मिरमिरे, झिसमिसे, उकाली ओराली, भञ्याङहरु, घुम्ति तथा मोडहरु, जाडो गर्मि, आनन्दीत र पीडादायी पलहरु यावत् ।
यि सबै जीवनका विविधता हुन् । सबैलाई अनुभव गरौं प्रेम गरौ र पो हामी सपनाको शिखरमा पुग्नेछौ । प्रेमको विशाल वृक्षको शितलता महसुस गर्ने छौ । जीवनको यि सत्यतालाई अनुभव गर्नबाट पछिहट्दा हुने सफलता छैन । यि आयामलाई प्रेम गरेर अगाडि बढ्दा नै धेरै सिकाइहरु छन् । यिनै आयामहरुले जीवनको पथमा परिपक्क बनाउँदै लैजाने छ जीवनलाई । डर, त्रास र निराशालाई पन्छाउँदै जीवनमा सत्यलाई स्वीकार गर्दा या सत्यलाई प्रेम गर्दामा मात्रै जीवनको सुरुवात छ । जहाँ डर त्रासको अन्त्य हुन्छ, त्यहाँ हुन्छ जीवनको सुरुवात । सत्य बाहीर खोज्न थाल्यौ भने हामी आफैंमा हराउने छौ । सत्य हामीभित्रै छ, हामी मै छ । मात्रै आत्मसाथ र उजागर हुनु र नहुनुले फरक पार्दछ।
अन्तमा हामी यो महामारीको पलमा सबैले सबैलाई प्रेम गरौं । सत्यलाई स्वीकार गरौं, सतर्क बनौ तर बिल्कुलै नआत्तिऔं । हामी आपसमा एक भएर नै महामारीको सामना गर्न सक्नेछौ । विगतको शंकटहरु सामन गरेजस्तै । बस् आपसी भातृत्व, आपसी सदभाव, आपसी प्रेमको वृक्षलाई विशाल बनाऔं, त्यै प्रेमको विशाल वृक्षले मात्रै हामीलाई भोलीको दिनमा अपेक्षाकृत शितलता प्रदान गर्न सक्ने छ । सर्भे भवन्तु सुखिनः सर्वे सन्तु निरामयः सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत् (“सबै सुखी होउन,सबै रोगमुक्त रहुन, सबै मनुज मंगलकार्यको साक्षी बनुन्, रिस राग त्याग गरून, कसैलाई पनि दुःख नहोस“) अस्तु ।