मकवानपुर । देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहेकोले हल्का वर्षाकाे सम्भावना रहकाे छ । हाल पश्चिमी /पूर्वी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेकाेले अन्य केही स्थानमा समेत सामान्य वर्षा हुने तथा केही स्थानहरूमा सामान्यतया माैसम सफा रहने जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेकाे छ ।
यसै गरी प्रदेश १,२ बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।