मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा २ सय २४ जना काेराेना भाइरस संक्रमण मुक्त भएका छन् । जिल्लामा होम आइसोलेसनबाट २ सय १६ जना र संस्थागत आइसोलेसनबाट १२ जना गरी थप २ सय २४ जना कोरोना संक्रमणमुक्त भएका हुन् । यो संगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ७ हजार ४ सय ९ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप ९२ जनामा कोरोना पुष्टि भएको छ । १ सय १० जनाको पीसीआर परीक्षण गर्दा ५० जना र ३ सय २६ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा गरी थप ९२ जनामा कोरोना पुष्टि भएको हो । यो संगै जिल्लामा हालसम्म पुष्टि हुनेको संख्या ९ हजार ४ सय २३ जना पुगेको छ । जिल्लामा हाल १ हजार ८ सय ९५ जना सक्रिय संक्रमित होम आइसोलेसन तथा संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् ।