फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपको लागि शुक्रबारदेखि सुरु हुने भनिएको नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण सरेको छ । नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले नेपाली टोलीको प्रशिक्षण जेठ महिनाभरका लागि स्थगित गरिएको र १ असारबाट प्रशिक्षण सुरु गरिने तयारी भइरहेको जानकारी गराए ।
उनका अनुसार राष्ट्रिय टोलीको प्रारम्भिक चरणमा स्थान बनाएका १५ भन्दा बढी खेलाडी उपत्यकाबाहिर रहँदा आउन समस्या भएपछि तत्कालका लागि स्थगति गर्नुपरेको हो । प्रशिक्षण अघि खेलाडीको पीसीआर परीक्षण गरिनेछ । नेपाल भलिबल संघ (एनभीए)ले गत १४ जेठमा एसियन च्याम्पियनसिपको तयारीलाई लक्षित गर्दै ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दै २१ जेठबाट प्रशिक्षण सुरु गरिने बताएको थियो ।
संघले चैत्र तेस्रो आयोजना भएको पाँचांै आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको प्रदर्शनलाई आधार मान्दै संघकी उपाध्यक्ष निरोज मास्के संयोजक तथा राखेप मुख्य प्रशिक्षक प्रज्ज्वलबहादुर सिंह र महिला टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट सदस्य रहेको तीन सदस्यीय समितिले खेलाडी छनोट गरेको थियो । यसपटक घोषणा गरिएको टोलीमा ९ खेलाडीले पहिलोपटक राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने अवसर पाएका छन् ।
जगदीश भट्ट नै टोलीको मुख्य प्रशिक्षक रहनेछ । ट्रेनरमा महिला भलिबलका पूर्व कप्तान अन्जु श्रेष्ठ तथा व्यवस्थापकका निरोज मास्के रहनेछिन् । प्रशिक्षक भट्टकै नेतृत्वमा नेपालले विसं २०७६ मा एभिसी सेन्ट्रल जोनमा स्वर्ण तथा १३औं सागमा रजत पदक जितेको थियो । राजधानीबाट