- शारदा क्षेत्री
१.
बर्षौ भयो जिन्दगीलाई आराम छैन
बिगत संझि दुख्ने मुटुको काम छैन
अतितले झस्काई आतिन्छ यो मन
अनायासै धर्किने अधरको नाम छैन ।
२.
तिमीले छोडेको प्रहर संझिएर
म रोय अभागी कहर संझिएर
बिगतलाई भुल्न खोजे पनि
झन् दुख्छ मुटु रहर संझिएर ।
३.
न घर घर जस्तो लाग्छ आजभोली
न सहर सहर जस्तो लाग्छ आजभोली
मनमा खुसि नभए पछि उराठ उराठ छ
जताततै बगर जस्तो लाग्छ आजभोली ।
४.
जिन्दगीको युद्धमा हारेको मान्छे म
मनको अदालत मुद्दामा पारेको मान्छे म
निष्ठुरी दैबको के कुरा गरौ अत्याचार गर्यो
पल पलको चोटले दुख्दामा मरेको मान्छे म ।
चितवन हाल अमेरिका