मकवानपुर । पछिल्लाे समय मकवानपुरमा कोरोना संक्रमणमुक्त हुनेकाे संख्या बढ्दै गएको छ ।पछिल्लो २४ घण्टामा जिल्लामा थप १ सय ३४ जना काेराेना संक्रमणमुक्त भएका छन् ।
होम आइसोलेसन रहेका मध्य १ सय २२ जना र संस्थागत आइसोलेसनमा रहेका मध्य १२ जना गरी थप १ सय ३४ जना कोरोना संक्रमणमुक्त भएका हुन् । यो संगै मकवानपुरमा कोरोना जित्नेको संख्या ६ हजार ८ सय ४१ पुगेको छ ।
यसैगरी जिल्लामा पछिल्लो २४ घण्टामा थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ सय १४ जनाकाे पीसीआर र एन्टीजेन परीक्षणबाट थप ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएकाे हो ।यो संगै मकवानपुरमा कोरोना पुष्टि हुनेहरुको संख्या ९ हजार १ सय १९ पुगेको स्वास्थ्य कार्यलय मकवानपपुरले जनाएको छ ।
यस्तै जिल्लामा हालसम्म २ हजार १ सय ७२ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्य २ हजार ५७ जना घरमा र १ सय १५ जना संस्थागत आइसोलेसनमा छन्
काेराेना संक्रमण पुष्टि भएका १ सय जनाकाे मृत्यु
काेराेना संक्रमणकाे पहिलाे चरण र दाेस्राे लहरमा काेराेना संक्रमण पुष्टि मध्य जिल्लामा मृत्यु हुनेकाे संख्या १ सय पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा थप २ जना संक्रमितको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १ सय पुगेको हो ।
पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा हेटौंडा–१३ को ४१ वर्षीय र हेटौंडा–४ को ७३ वर्षीय पुरुष रहेको छ । दुबै जनाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हेटौंडा अस्पतालले जनाएको छ ।
गत डेड महिना (४५ दिनमा) काे अवधीमा मकवानपुरमा दोस्रो चरणको कोरोना संक्रमणका कारण ६८ जना संक्रमितको मृत्यु भएको हाे ।
बैशाख ८ गते दोस्रो चरणको कोरोना संक्रमण पुष्टि भएका हेटौंडा ४ का ७४ वर्षीय पुरुषको मृत्यु भएको थियो । पहिलो चरणको कोरोना संक्रमणमा काेराेना संक्रमण पुष्टि भएका मध्ये मकवानपुरमा ३२ जनाको मृत्यु भएको थियो । पहिलो चरणको कोरोना संक्रमणमा २०७७ साल भदौ २ गते राती हेटौंडा १ का ६१ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
देशभर ८ हजार ६ सय ६३ जना काेराेना संक्रमणमुक्त
देशभर पछिल्ला २४ घण्टामा थप ८ हजार ६ सय ६३ जना काेराेन संक्रमणमुक्त भएका भएका छन् । याेसँगै हालसम्म नेपालमा ४ लाख ७६ हजार १ सय ३० जना काेराेनामुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ६ सय ५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे छ । २० हजार ८ सय १३ जनाको परीक्षणमा पीसीआर विधिबाट ४ हजार ६ सय २४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ९७ हजार ६ सय ९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८ सय ९२ जना होम आइसोलेसनमा, ६ हजार ८ सय ९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । १ हजार ४ सय २२ जना आईसीयू तथा ४ सय ४ जना भेन्टिलेटरमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
यस्तै काेराेना संक्रमण पुष्टि भएका मध्ये पछिल्लाे २४ घण्टमा थप १ सय १ जनाकाे मृत्यु भएकाे छ । योसँगै नेपालमा ७ हजार ७ सय ३१ जनको मृत्यु भएकाे हाे ।