मकवानपुर / कोरोना महामारीको कारण जारी निषेधाज्ञाले दैनिकी गुजार्न समस्यामा परेका एकल महिलाहरू, घरेलु हिंसा प्रभावितहरूको लागि खाद्यन्न सहयोग गरिएको छ ।
माईती नेपाल मकवानपुर, प्रदेश सभा संसद मुनु सिग्देल र हेटौंडा उपमहानगरपालिका उमप्रमुख मिनाकुमारी लामाको समन्वयमा माडवरी एशोसियशन मकवानपुरले मसलन्द सामग्री सहयोग गरेको हो । हेटौंडाको विभिन्न स्थानमा बसोबास गर्दै आएका एकल महिलाहरू घरेलु हिंसा प्रभावितहरू तथा श्रमिक महिलाहरूलाई दाल चामल तेल लगायतको मसलन्द सामग्री वितरण गरिएको हो।
वितरण कार्यक्रम माडवरी एशोशियशनका अध्यक्ष पवनकुमार अग्रवाल, महासचिव अजय अग्रवाल, माडवरी महिला मञ्च निवर्तमान अध्यक्ष मिरा अग्रवाल, माइती नेपाल मकवानपुर प्रमुख माया लामा, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष बासुदेव खतिवडा, हिमराइट्स मकवानपुर प्रमुख कुमारी वाईबालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा २० जनालाई मसलन्द सामग्री सहयोग गरिएको माइती नेपाल मकवानपुर प्रमुख लामाले बताइन् ।
कार्यक्रममा माइती नेपाल मकवानपुरकाे मन लामा, सरिता तामाङ्गकाे समेत उपस्थिति रहेकाे थियाे।

