मकवानपुर । मकवानपुरमा निषेधाज्ञा उल्लङ्घन गर्ने सवारी साधन कारवाहीमा परेकाे छ । जेठ २० गते विहीबार निषेधाज्ञा उल्लङ्घन गर्ने ३ सवारी साधन कारवाही गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले निषेधाज्ञा उल्लङ्घन गर्ने ५७ जना मानिसलाई होल्ड गरी छाडिएकाे छ । निषेधाज्ञामा अनावश्यक काममा बाहिर निस्केकालाई प्रहरीले सम्झाई बुझाई गरेर फिर्ता पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।
त्यस्तै १७ वटा मोटरसाइकल/स्कुटर, अटो, सानो गाडीको कागजपत्र नियन्त्रणमा लिईएकोमा कोभिड- १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ३ वटा सवारी साधनलाई कारवाही गरिएको प्रहरी प्रवक्ता रिमालले जानकारी दिए । ।