मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट विहीबार हेटाैडाका ३ उद्याेगकाे अनुगमन गरिएकाे छ । काेराेना संक्रमणकाे कारण निषेधाज्ञामा समेत वन्द नगरिएकाे उद्याेगहरूले संक्रमणको समयमा उद्याेग व्यवस्थापनका सम्बन्धी अनुगमन गरिएकाे हाे ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको नेतृत्वमा हेटौंडाको चुरीयामाइ मा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग, एन्ट्राटीक बिस्कुट, आरएम केमीकल्स नेपालमा अनुगमन गरिएको हो ।
उद्याेग संचालनकाे समयमा मजदुरहरुलाई काममा परिचालन गर्दा स्वास्थ्य सुरक्षाकाे उपायहरू अवलम्वन नगरिएकाे, अावश्यक सावधानी नअपनाइएकाे अनुगमनमा पाइएकाे छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकिय अधिकृत देबचन्द्र गतौला, मकवानपुरका संचारकर्मीहरु लगाएतकाको सहभागिता रहेको थियो ।