- मञ्जु मैनाली
मकवानपुर/ विश्वभरी फैलीरहेको कोरोना भाईरस (कोभिड १९) संक्रमित भएर होम आइसोलेसनमा बसिरहेका आर्थिक अवस्था कमजाेर भएका संक्रमितहरुको घर घरमा पुगेर डिस्इनफेक्ट गर्ने कामलाइ नेपाल स्काउटले अभियानकाे सरूमा सुरू गरेकाे छ ।
आज हेटौंडा लेडि जेसिजको आयोजना तथा नेपाल स्काउट बागमती प्रदेश र हेटाैंडा उपमहानगरपालिकाकाे सहकार्यमा हेटौंडा उपमहानगरपालिका वडा ४ मा कोभिड संक्रमितको घरमा पुगेर डिस्इनफेक्ट गरिएको हो। हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा सामग्री हस्तान्तरण गरिएको थियाे । कार्यक्रममा वडा अध्यक्ष सिग्देलले स्थानीय नागरिकलाइ आवश्यक परेको खण्डमा वडा कार्यलयबाट हुने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
महामारीमा सहकार्य गरेकाे भन्दै अध्यक्ष सिग्देलले हेटौंडा लेडि जेसिज र नेपाल स्काउटप्रति आभार व्यक्त गरे । कार्यक्रममा निभव पोलिकिल्निक डा.नरेन्द्र कुमार झाबाट २५ लिटर औषधि , 2 थान वाइसेबल पिपिइ प्रदान गरिएकाे थियाे । यसैगरी मकवानपुर भेट एण्ड डाइग्नोसिस सेन्टर हेटौंडा ७ बाट ५० हजार बराबरको औषधि उपलब्ध गराएको र आवश्यकता अनुरुप आगामी दिनमा पनि उपलब्ध गराउदै जाने शाखा अध्यक्ष प्रतिमा श्रेष्ठले बताइन्।
नेपाल स्काउट बागमती प्रदेश सदस्य असोक सारु मगर, समेतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रममा जेसीआई हेटौडा लेडी शाखा अध्यक्ष प्रतिमा श्रेष्ठ , पूर्व अध्यक्ष रश्मि बस्नेत , हेटौंडा जेसिजका अध्यक्ष लिसेन बस्नेत,नेपाल स्काउट हेटौंडा उपमहानगर समिति संयोजक दिपेन्द्र रोक्का, नेपाल स्काउट बागमती प्रदेश सदस्य असोक सारु मगर, जेसिजका पदाधिकारीहरुको उपस्थित रहेको कार्यक्रमको संयोजक मन्जु मैनालीले बताइन् ।