मकवानपुर । मकवानपुरमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको बैठकले जिल्लामा जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
मकवानपुरमा काेराेना संक्रमणकाे जाेखिम रहेकाेले साेकाे राेकथामकाे लागि गत बैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई केन्द्रको बैठक केही खुकुलो बनाउँदै अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्न लगायतका पसलहरु बिहान ८ बजेसम्म संचालन गर्न दिने निर्णय समेत गरेको छ ।
बैठकले बैंकहरुको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको ३ दिन आइतबार, मंगलबार र विहीबार विहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिने र अन्य वित्तीय संघ संस्था तथा सहकारीहरु पूर्ण रुपमा बन्द गर्ने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।