- एसके. निधन
तिमीले,
अन्तिम पटक सास फेर्नु भन्दा
एकाध घण्टा अघि नै
सनसनीपूर्ण समाचार छापियो:
वैकल्पिक राजनीतिको एउटा सुर्य अस्तायो ।
बिडम्बना !
कति हतार छ लेखि टोपल्न
कति हतार छ छापिहाल्न
कति हतार छ हतारको पछी दगुर्न ।
—
–
सत्य एउटा मात्रै छ
सुर्य न उदाउछ न अस्ताउछ
फिलिली घुमिरहने ग्रह-डल्लोका बुख्याँचाहरु
अलिक नजिक पुग्दा उदायो भन्छन
अलिक कोल्टे पर्दा अस्तायो भन्छन ।
—
एउटा पागल भिड
तुरुक्क सान्त्वना रुन्छ : उज्वल मर्यो !
बकवासको पनि हद हुन्छ नि
एउटा भरोसा
एउटा बिश्वास
एउटा आस्था
एउटा बिचार
कसरी खुम्चिन सक्छ मान्छेको आयुमा ?
—
–
ओ ! सम्पादक
अक्षरमा ब्याकरण मात्र होईन बिचार लेख्ने भए
त्रुटी सच्च्याउनु र लेख्नु –
दिर्घजिवी भव:
उज्वल थापा
अर्थात बैकल्पिक राजनीतिको एउटा सुर्य ।