मकवानपुर/मकवानपुरगढी गाउँपालिकामा स्थाीयहरुको पहलमा गठित सामुदायिक कोभिड प्रतिकार्य समुहले कोरोना संक्रमण रोकथाम अभियान अन्तर्गत संस्थामा स्वास्थ्य सामग्रीहरु वितरण गरेको छ ।
आज (मंगलबार) ३ नम्बर वडाका वडाध्यक्ष भागवत घिमिरे सहितको टोलिले मक्रान्चुली सामुदायिक स्वास्थ्य ईकाइलाई १ थान थर्मल गन र २ थान अक्सिमिटर हस्तान्तरण गरिएको छ । दैनिक रुपमा किसानहरुको ओहोर दोहो हुने मनकामना दुग्ध उत्पादक सहकारी सस्था लिमिटेडलाई पनि १ थान थर्मल गन हस्तान्तरण वडा अध्यक्ष भागवत घिमिरेले सस्थाका अध्यक्ष अर्जुनप्रसाद दहाललाई हस्तान्तरण गरे ।
सामुदायिक कोभिड प्रतिकार्य समुहले इलाका प्रहरी कार्यालय मकवानपुरगढी ३ लाई १ थान थर्मल गन २०० थान मास्कसंगै ३ लिटर स्यानिटाइजर र केही थान हात धुने साबुन हस्तान्तरण गरेको छ ।
यसै बिच समुहले मकवानपुरगढी–४ मा रहेका सक्रिय कोभिड सक्रमित परिवारलाई वडाध्यक्ष भागवत घिमिरे सहितको समुहले पोषिलो खानेकुरा र स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको थियो। साथै प्रतिकार्य समुहले जनचेतनाका लागि समुदायका भिडभाड हुने ठाउमा कोभिडबाट बच्ने र संक्रमण रोकथाम हुने लगायतका सन्देश मुलक फ्लेस ब्यानर झुन्ड्याउने गरेको काम छ ।